arrow

९८ लाखले लगाए पूर्ण खोप, १ करोड ६० लाख डोज खोप भण्डारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
corona-2021.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ। यसै समयावधिमा २ सय ६३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । थप २ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ८ लाख २६ हजार ६ सय ६४ जनामा पीसीआर र ९६ हजार ९२ जनामा एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ लाख ९ हजार ९ सय २२ जना निको भइसकेका छन् । ११ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा ११ हजार ६ सय २६ जनाको नमुना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको सङ्ख्या ५ हजार १ सय ६१ रहेको छ।

हालसम्म नेपालमा ९८ लाख ३८ हजार ३ सय ७६ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । नेपालमा ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ डोज खोप भित्रिएको छ । यसमध्ये २ करोड २५ लाख १० हजार ८ सय १८ डोज खोप लागि सकेको छ । १ करोड ६० लाख २८ हजार ५ सय ३९ डोज खोप विभिन्न स्वास्थ्य संस्थाहरूमा भण्डार एवं सञ्चालनको अवस्थामा रहेको छ ।



नयाँ