arrow

कांग्रेस प्रदेश २ अधिवेशन

१६ सय मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
janakpur-matadan.PNG

धनुषा । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान जारी छ । साँझ ६: ३० बजेसम्ममा १६ सय मत खसेको छ । 

बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाइमा भएको ढिलाइका कारण आज बिहान ९: ४० बजेदेखि मतदान सुरु भएको थियो । 

मतदानको समय ८:०० बजेसम्मलाई तोकिएको छ । मतदाताको लाइन भएको हुँदा मतदान कार्यक्रम अबेर साँझसम्म चल्ने बताइएको छ । 

कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र कोइराला-निधि पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टा छुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । 

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने कोइराला-निधि पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । 

कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जसमध्ये पाँच जना सदस्य निर्विरोध निर्वाचित भएको र छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ