arrow

बाढीले विवाहको गाडी बगाउँदा १५ को मृत्यु

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
floodbushit.jpg.jpeg
इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमभी क्षेत्र खैवरमा शनिबार विहान एक गाडी बाढीले बगाउँदा त्यसमा सवार कम्तीमा १५ व्यक्तिको मृत्यु भएको समाचार छ । 
 
सो गाडीमा विवाह समारोहका पाहुना सवार रहेको र कम्तीमा १५ को मृत्यु भएको उर्दु सञ्चार माध्यमले जानकारी दिएको छ । यस दुर्घटनामा अन्य कैयौ व्यक्तिहरु बेपत्ता भएका जनाइएको छ । 
 
खैबर प्रान्तको लन्दी कोताल इलाकाको बजार जखाखेल पहाडी इलाकामा चालकले नियन्त्रण गुमाउँदा सो बस बाढीमा पर्न गई बगाएको समा समाचारले जानकारी दिएको छ । 
 
स्थानीय अधिकारीहरुका अनुसार सो बसमा के कति सङ्ख्यामा व्यक्तिहरु सवार रहेका थिए, सो एकिन सङ्ख्या भने पत्ता लागेको छैन् । 
 
सो घटनामा घाइते भएका केही व्यक्तिलाई भने नजिकैको अस्पतालमा लगिएको बताइएको छ । 
 
यसअघि पनि पाकिस्तानमा भारी वर्षा र बाढी पहिरोमा गत एक हप्ता भएका छट्टाछुट्टै घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ ।सिन्ह्वा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ