arrow

लक्ष्मी बैङ्कद्वारा ८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
laxmi-bank-agm-2078.jpg

काठमाडौँ। लक्ष्मी बैङ्क लिमिटेडको एक्काइसौँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ। साधारण सभाले बैङ्कको चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित बोनस शेयरसँगै बैङ्कको चुक्ता पुँजी रु ११ अर्ब ५५ करोड पुगेको छ।

साधारण सभाले आर्थिक वर्ष २०७७-७८ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैङ्कको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।

आव २०७७-७८ मा रु ११७ अर्ब निक्षेप र रु १०८ अर्ब कर्जा पुर्‍याएको यस बैङ्कको वासलातको आकार रु १५२ अर्ब रहेको छ। सो आवमा बैङ्कले १ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैङ्कको विज्ञप्तिमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ