कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र शनिबार
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
442
Shares
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले नयाँ कार्यसमितिमा निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई भोली शनिबार प्रमाणपत्र दिने भएको छ।
कांग्रेसको १४औं महाधिवेशन २४ देखि २८ मंसिरसम्म काठमाडौंमा भएको थियो। महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट १३ पदाधिकारी र १२१ सदस्य गरी १३४ जनाको कार्यसमिति चयन भइसकेको छ।
कांग्रेसको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले शनिबार ११ वजेका लागि निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचित बनेको प्रमाणपत्र दिने कार्यक्रम रहेको जानकारी दिएका हुन्।
उनका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण हुनेछ। कांग्रेसले शनिबार नै पहिलो केन्द्रीय समितिको बैठकसमेत राखेको छ।