arrow

सभापतिले गुटको बैठक बोलाए जान्न : रामहरी खतिवडा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
ramhari7.jpg

काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य रामहरी खतिवडाले सभापति शेरबहादुर देउवाले गुटको बैठक बोलाए आफू नजाने बताएका छन्।

हाम्राकुरासँगको संवादमा खतिवडाले १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित बनेका देउवालाई अब १५औं महाधिवेशनमा सभापति उठ्न पार्टीको विधानलेसमेत नदिने भएकाले गुटगत राजनीति भन्दामाथि उठेर देश, जनता र पार्टीलाई बलियो बनाउने गरी अघि बढ्नु पर्ने बताए।

‘शेरबहादुर जी दुई पटक पार्टी सभापति बनिसक्नु भयो, तेस्रो पटक सभापति बन्न उहाँ चाहनु हुन्न र विधानले पनि दिंदैन, अब उहाँले सिंगो पार्टीको सभापति हुँ भन्ने देखाउनु पर्छ, गुटको बैठक बोलाउने काम उहाँबाट हुनुहुन्न, गुटको बैठक बोलाउनु भयो भने म जान्न, अब उहाँले देश, जनता र पार्टीलाई बलियो बनाउने गरी काम गर्नु पर्छ,’ खतिवडाले भने।

उनले अब कांग्रेसले नीतिगत तहमा स्पष्ट भिजन लिएर कांग्रेस जनताका बीचमा जाने पनि बताए।

‘अबको कांग्रेसलदाई हिजोकै जस्तो हुने बन्ने छुट छैन, नेतृत्वमा आएको परिवर्तनले पनि त्यो देखाउँछ, अब स्पष्ट नीति बनाएर जनताका बीचमा जानु पर्छ, जनताको मन जित्न सक्नु पर्छ, कम्युनिष्टहरुको भुलभुलैयाबाट देशलाई मुक्त गरेर अघि बढ्न सक्नु पर्छ,’ खतिवडाले अघि थपे।

कांग्रेसले अब पुराना अग्रजहरुलाई सम्मान र यूवालाई अवसर दिने गरी नीति बनाउनु पर्नेमासमेत उनको जोड छ।

भर्खरै सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा सभापति र एक उपसभापतिबाहेक पदाधिकारीमा धेरै यूवाको उपस्थिति देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ