arrow

गण्डकी प्रदेश छनोट क्रिकेटमा स्याङ्जा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
cricket-ballhitting-wickets.jpg.jpeg

कास्की । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पोखरा रङ्गशालामा जारी गण्डकी प्रदेश छनोट प्रतियोगिताअन्तर्गत आजको खेलमा स्याङ्जा विजयी भएको छ । 

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा स्याङ्जाले तनहुँमाथि तीन रनको रोमाञ्चक जित निकालेको हो । खेलमा टस जितेर पहिला ब्याटिङ गरेको स्याङ्जाले निर्धारित ४० ओभरको खेलमा ३३ दशमलव चार ओभरमा सम्पूर्ण विकेट गुमाएर १२३ रनको योगफल तयार गरेको थियो ।

 स्याङ्जाको तर्फबाट सन्दीप क्षेत्रीले ४० तथा ईश्वर क्षेत्रीले २५ रन जोडे । तनहुँका बलरहरु दिनेश बुढामगरले तीन तथा अभिषेक बस्नेतले दुई विकेट लिए ।

जितका लागि १२४ रनको लक्ष्य पछ्याएको तनहुँ जितको नजिकै पुगेर पनि सफलता हासिल गर्न सकेन । तनहुँका खेलाडीहरु ३७ दशमवल पाँच ओभरमा १२० रनमा अलआउट हुन पुगे । तनहुँका समिर कँडेलले ३५ रन जोडे पनि अन्य ‘ब्याट्स्म्यान’ हरुले उल्लेख्य रन जोडन सकेनन् ।

स्याङ्जाको बलिङतर्फ ‘म्यान अफ द म्याच’ अशोक श्रेष्ठले तीन विकेट लिए । यसैगरी ईश्वर खनाल, विपिन राज न्यौपाने र सुरज गुरुङले समान एक÷एक विकेट लिए । 

गण्डकी प्रदेश क्रिकेट सङ्घले प्रधानमन्त्री कपका लागि गण्डकी प्रदेशको टोली छनोट गर्न प्रतियोगिता आयोजना गरेको हो । यही पुस १३ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा र नवलपुर गरी चार जिल्लाको सहभागिता रहेको सङ्घका अध्यक्ष देवेन्सन प्रजुले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ