arrow

अमेरिकामा एयर बेलुनमा आगलागी हुँदा १६ जनाको मृत्यु

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
baloon.jpg.jpeg
टेक्सस । अमेरिकाको टेक्ससमा एउटा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार सबै १६ जनाको मृत्यु भएको छ । अस्टिनबाट ३० माइल टाढा कुनै हाइ भोल्टेजको पावरमा ठोक्किएर सो दुर्घटना भएको जनाइएको छ ।
 
मृतकमा एक चालक तथा बाँकी १५ जना यात्रु हुन् । 
 
एक घण्टाका लागि उडेको बेलुन आधा घण्टामा नै खसेको थियो । घटनाबारे छानबिन भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
 
यो घटना अमेरिकी इतिहासमा दोस्रो हो ।
 
यसअघि सन् १९९३ मा कोलोराडोमा भएको यस्तै घटनामा ६ जनाको मृत्यु भएको थियो ।
 
बेलुनको यो घटनालाई अमेरिकाको इतिहासमा सबैभन्दा खतरा मानिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ