arrow

महाकाली प्रादेशिक अस्पतालमा डायलासिसका लागि जनशक्ति पठाउन मन्त्री खतिवडालाई अध्यक्ष जोशीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
birodh-khatiwada-krishna-datta-joshi.jpg

काठमाडौं । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिसका लागि आवश्यक, मेशिन, उपकरण जडान एवं नयाँ भवन समेत तयार भइसकेको छ ।

सुदूरपश्चिमको प्रमुख महाकाली प्रादेशिक अस्पतालमा पछिल्लो समय सबै किसिमका स्वास्थ्य सुविधाहरू उपलब्ध हुन थालेका छन् ।

यसबीच डायलासिस सम्बन्धी सुविधाका लागि पनि अन्य सबै पूर्वाधार तयार भइसकेको र अब, दक्ष जनशक्तिको मात्रै अभाव रहेको अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) ले बताएका छन् ।

यस विषयमा आइतबार सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासँग छलफल गर्दै ध्यानाकर्षण गराएको निवर्तमान अध्यक्ष जोशीले बताएका छन् ।

यसबाहेक कोभिड१९ महामारीको दोस्रो लहरमा डाक्टर एवं स्वास्थ्यकर्मीका लागि तोकिएको जोखिम भत्ता हालसम्म उपलब्ध नभएको विषयमा समेत उनले ध्यानाकर्षण गराएको जानकारी दिएका छन् ।

एक वर्षको समयावधिसम्म स्वास्थ्य बिमा रकम निकासी नभएको, दुर्गम अस्पतालमा विशेषज्ञ डाक्टरको माग एवं महाकाली बहुप्राबिधिक शिक्षालयमा नर्सिङ पढाइका लागि अनुमति पत्र प्रदान गर्नुपर्ने लगायतका विषयमा मन्त्री खतिवडासँग निवर्तमान अध्यक्ष जोशीले माग गरेका छन् ।

कोरोना भाइरसको महामारी सुरु भएयता जोशीकै नेतृत्वमा महाकाली प्रादेशिक अस्पतालमा शय्या थप, अक्सिजन बेडलगायत विभिन्न किसिमका सुविधाहरू थपिएका छन् ।

अध्यक्ष जोशीले प्रदेशदेखि केन्द्रसम्म निरन्तर रूपमा आवश्यक सुविधिहरूको माग राख्दै अस्पतालमा स्वास्थ्य सुविधा थप गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ