arrow

शैक्षिक क्षेत्रका समस्या समाधानका लागि शिक्षामन्त्री पौडेलको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
debendra-prem-krishna-purnanad.jpg

काठमाडौं। सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री मानबहादुर सुनार, महाकाली प्रादेशिक अस्पतालका निवर्तमान अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) र समाजसेवी एवं स्थानीय नेता पूर्णानन्द जोशीले शनिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गरेका छन् ।

छलफलका क्रममा उनीहरूले सरकारी, सामुदायिक विद्यालयको वृद्धि विकासका लागि दीर्घकालीन योजना ल्याउनुपर्ने र कर्मचारीहरूको उचित व्यवस्थापन हुनुपर्ने माग राखेका छन् ।

खास गरी बाल विकास र विद्यालयमा निजी तथा राहततर्फका कर्मचारी, सहयोगी एवं शिक्षकहरूको समस्यालाई सरकारले नसुनेको उनीहरूको उनीहरूको गुनासो छ ।

उनीहरूले शैक्षिक संस्थाहरूमा केन्द्र र प्रदेशबाट रकम जाने गरे पनि केही स्थानीय तहले अझैं विद्यालयहरूका लागि रकम निकासा नगर्ने गरेको बताउँदै यसतर्फ शिक्षा मन्त्री पौडेलको गम्भीर ध्यानाकर्षण गराएका छन् । यस्तै महाकाली बहुप्राबिधिक शिक्षालयमा नर्सिङ पढाइका लागि समेत स्वीकृत प्रदान गर्नुपर्ने माग उनीहरूले राखेका छन् । 

छलफलका क्रममा शिक्षा मन्त्री पौडेलले बाल विकासका शिक्षक र विद्यालयका शिक्षक एवं कर्मचारीको पारिश्रमिक वृद्धि गरिने र शैक्षिक क्षेत्रका समस्या समाधानतर्फ पहल गर्ने आश्वासन दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ