शैक्षिक क्षेत्रका समस्या समाधानका लागि शिक्षामन्त्री पौडेलको ध्यानाकर्षण
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
1.3k
Shares
काठमाडौं। सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री मानबहादुर सुनार, महाकाली प्रादेशिक अस्पतालका निवर्तमान अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) र समाजसेवी एवं स्थानीय नेता पूर्णानन्द जोशीले शनिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गरेका छन् ।
छलफलका क्रममा उनीहरूले सरकारी, सामुदायिक विद्यालयको वृद्धि विकासका लागि दीर्घकालीन योजना ल्याउनुपर्ने र कर्मचारीहरूको उचित व्यवस्थापन हुनुपर्ने माग राखेका छन् ।
खास गरी बाल विकास र विद्यालयमा निजी तथा राहततर्फका कर्मचारी, सहयोगी एवं शिक्षकहरूको समस्यालाई सरकारले नसुनेको उनीहरूको उनीहरूको गुनासो छ ।
उनीहरूले शैक्षिक संस्थाहरूमा केन्द्र र प्रदेशबाट रकम जाने गरे पनि केही स्थानीय तहले अझैं विद्यालयहरूका लागि रकम निकासा नगर्ने गरेको बताउँदै यसतर्फ शिक्षा मन्त्री पौडेलको गम्भीर ध्यानाकर्षण गराएका छन् । यस्तै महाकाली बहुप्राबिधिक शिक्षालयमा नर्सिङ पढाइका लागि समेत स्वीकृत प्रदान गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।
छलफलका क्रममा शिक्षा मन्त्री पौडेलले बाल विकासका शिक्षक र विद्यालयका शिक्षक एवं कर्मचारीको पारिश्रमिक वृद्धि गरिने र शैक्षिक क्षेत्रका समस्या समाधानतर्फ पहल गर्ने आश्वासन दिएका छन् ।