arrow

समाजवादउन्मुख समाज निर्माण गर्ने सहमति कार्यान्वयन गर्ने महाधिवेशनको एजेण्डा हो : पम्फा भुषाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
pumfa-bhusal.PNG

काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य एवं ऊर्जा मन्त्री पम्फा भुषालले नयाँ संविधान कार्यक्रमको क्रममा रहेको बताएकी छिन् ।

संविधानको कार्यान्वयनमा कयौं चुनौती र उतार चढाव खडा भएको बताउँदै उनले त्यसकाविरुद्ध परिवर्तनका शक्तिहरु सहकार्य गर्ने परम्परालाई पनि अगाडि बढाएको उनले बताएकी छिन् ।

सम्मेलन गर्दै गर्दा पार्टी मार्क्सवाद, लेलिनवाद, माओवाद पार्टीको मार्ग निर्देशन रहेको र सोही सिद्धान्तमा आधारित रहेर नेपालमा यो अवस्थामा पुगेको उनले बताइन् ।

यस्तै उनले अहिले संविधानत: समाजवादउन्मुख समाज निर्माण गर्ने भन्ने कुरामा राजनीतिक दलहरुको सहमतिको दस्तावेजको रुपमा संविधानमा उल्लेख गरेकोसमेत बताएकी छिन् ।

संविधानत: समाजवादउन्मुख समाज निर्माण गर्ने सहमति सहितको दस्तावेजकै आधार तयार पार्ने, कार्यदल तयार पार्ने यो अधिवेशनको मुख्य एजेण्डा रहेको उनले बताइन् ।

'यसलाई कसरी कार्यान्वयन गर्दै समाजवादमा जाने वैचारिक राजनीतिक हिसाबले त्यसमा केन्द्रीत रहेर यो महाधिवेशन गर्दै छौं । र समग्र कार्यदिशा तय गरेपछि त्यसको कार्यान्वयन गर्ने जीवन्त संगठन निर्माण गर्ने प्रक्रिया पनि यो महाधिवेशनबाट गर्ने छौं,' उनले भनिन् ।
 



नयाँ