समाजवादउन्मुख समाज निर्माण गर्ने सहमति कार्यान्वयन गर्ने महाधिवेशनको एजेण्डा हो : पम्फा भुषाल
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
934
Shares
काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य एवं ऊर्जा मन्त्री पम्फा भुषालले नयाँ संविधान कार्यक्रमको क्रममा रहेको बताएकी छिन् ।
संविधानको कार्यान्वयनमा कयौं चुनौती र उतार चढाव खडा भएको बताउँदै उनले त्यसकाविरुद्ध परिवर्तनका शक्तिहरु सहकार्य गर्ने परम्परालाई पनि अगाडि बढाएको उनले बताएकी छिन् ।
सम्मेलन गर्दै गर्दा पार्टी मार्क्सवाद, लेलिनवाद, माओवाद पार्टीको मार्ग निर्देशन रहेको र सोही सिद्धान्तमा आधारित रहेर नेपालमा यो अवस्थामा पुगेको उनले बताइन् ।
यस्तै उनले अहिले संविधानत: समाजवादउन्मुख समाज निर्माण गर्ने भन्ने कुरामा राजनीतिक दलहरुको सहमतिको दस्तावेजको रुपमा संविधानमा उल्लेख गरेकोसमेत बताएकी छिन् ।
संविधानत: समाजवादउन्मुख समाज निर्माण गर्ने सहमति सहितको दस्तावेजकै आधार तयार पार्ने, कार्यदल तयार पार्ने यो अधिवेशनको मुख्य एजेण्डा रहेको उनले बताइन् ।
'यसलाई कसरी कार्यान्वयन गर्दै समाजवादमा जाने वैचारिक राजनीतिक हिसाबले त्यसमा केन्द्रीत रहेर यो महाधिवेशन गर्दै छौं । र समग्र कार्यदिशा तय गरेपछि त्यसको कार्यान्वयन गर्ने जीवन्त संगठन निर्माण गर्ने प्रक्रिया पनि यो महाधिवेशनबाट गर्ने छौं,' उनले भनिन् ।