arrow

बर्डफ्लुले दुई हजार सारस मरे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
bird-flue-virus.jpg

काठमाडौं । उत्तरी इजरेलको एउटा आरक्षण क्षेत्रमा बर्डफ्लुबाट दुई हजार भन्दाबढी सारस मरेका छन् । बर्डफ्लुबाट अन्य १० हजार सारस संक्रमित भएको हुन सक्ने आरक्षका अधिकारीहरुले अनुमान गरेका छन् । इजरेलको प्रकृति तथा पार्क निकायका विज्ञ ओहाड ह्याट्सओफीका अनुसार हरेक वर्ष भाइरसबाट इजरायलमा हजारौं चराचुरुङ्गी प्रभावित भएका छन् । तर, यस वर्षको महामारी अन्य वर्षको तुलनामा ठूलो भएको अर्का विज्ञ उरी नाभेह बताउँछन् । 

बर्डफ्लुबाट ठूलो संख्यामा चराहरुको मृत्यु भएको घटना ‘अस्वभाविक’ भएको नाभेहको भनाई छ । हरेक वर्षजस्तै यो वर्ष पनि अक्टोबर महिनायता अफ्रिका जाने क्रममा करिव एक लाख आप्रवासी सारस इजरेल पुगेका छन् । तीमध्ये अधिकांश सारसको एउटा बथान हुला उपत्यकामा रोकिएको थियो । हुला उपत्यका अफ्रिका जाने आप्रवासी सारसका लागि एउटा ‘ट्रान्जिट पोइन्ट’ हो ।  सो उपत्यकामा ४० हजारभन्दा बढी सारस रहेको अनुमान गरिएको छ ।

यसैबीच, उत्तरी इजरेलमा केही चल्लामा एच५एन१ भाइरस देखिएको इजरायलको कृषि मन्त्रालयले जनाउको छ । संक्रमण देखिएपछि मन्त्रालयले प्रभावित फार्मबाट अन्डा बिक्रीमा रोक लगाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २००३ यता एच५एन१ भाइरसबाट इन्डोनेसिया, इजिप्ट र भियतनाममा ४५० जना भन्दाबढी मनिसको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ