arrow

कोइराला समाजमा कास्कीका लक्ष्मण र राजेन्द्रनीधि निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
Laxman & RajendraNidhi.jpg

पोखरा । कास्कीका लक्ष्मण कोइराला र राजेन्द्रनीधि कोइराला कोइराला सेवा समाजको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । चितवनमा सम्पन्न समाजको केन्द्रीय महाधिवेशनबाट उनीहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

समाजको केन्द्रीय अध्यक्षमा भने मोरङका कृष्णमुरारी कोइराला निर्वाचित भएको श्रीपति गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए । महाधिवेशनमा श्रीपति गुठीका पूर्व अध्यक्ष हेरम्व प्रसाद कोइरालालाई सम्मान गरिएको थियो ।

महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गरेका थिए । महाधिवेशनमा महासचिव श्रीप्रसाद कोइराला र कोषअध्यक्ष नवराज कोइरालाले प्रतिवेदन पेश गरेका थिए ।

महाधिवेशनमा कास्कीबाट ४४ जना प्रतिनिधि महाधिवेशनमा सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ