arrow

लेखनाथ पत्रकारिता पुरस्कार बराललाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
Bhimpani Baral.jpg

लेखनाथ । लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष भीमपाणि बराललाई प्रदान गरिने भएको छ । मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका प्रतिनिधि राममणि अधिकारी, पत्रकार महासंघका उपाध्यक्ष रामप्रसाद तिमिल्सेना रहेको प्रतिभा छनोट समितिले बराललाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।

पत्रकार बराल २०५५ सालदेखि पत्रकारितामा सक्रिय छन् । उनी लेखनाथ पत्रकार मञ्चका संस्थापक अध्यक्ष पनि हुन् । उनी यसअघि गजेन्द्र भण्डारी सृजनशील पत्रकारिता पुरस्कारबाट सम्मानित भैसकेका छन् ।

यो पुरस्कार यसअघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, वसन्तराज अधिकारी, वासुदेव पौडेल र परशुराम शर्माले प्राप्त गरिसकेका छन् ।

पुरस्कार पुस १५ गते कवि शिरोमणि लेखनाथ पौडेलको जन्मजयन्तीको मूल समारोह अर्घौं अर्चलेमा प्रदान गर्ने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ