arrow

पोखरामा लागूऔषध चरेससहित दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
Kumari Budha.jpg

पोखरा । प्रहरीले लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रुकुम भूमे गाउँपालिका वडा नं २ घर भइ हाल पोखरा-३२ सातमुहाने बस्दै आएकी ५६ वर्षीया कुमारी बुढा र पोखर-३२ खुदीखोला बस्ने १९ वर्षीय विकास थापा रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट १२ सय ३० ग्राम चरेस बरामद गरेको कास्की प्रहरी प्रवक्त सुन्दर तिवारीले जानकारी दिए ।

पोखरा ३२ स्थित सातमुहानेमा अवैध लागुऔषध चरेसको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको डिएसपी तिवारीले बताए ।

उनीहरुमाथि लागु औषध सम्बन्धी कसुर मुद्धामा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ