arrow

मण्डेलाका मित्र टुटुप्रति विश्वभरबाट श्रद्धाञ्जली, जनवरी १ मा अन्त्येष्टि

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष १२ सोमबार
mandela-tutu.jpeg

जोहानेसबर्ग । रंगभेदविरुद्ध लामो समय लडेका दक्षिण अफ्रिकाका नेता डेसमण्ड टुटुप्रति विश्वभरका नेताले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नोबेल शान्ति पुरस्कार विजेता टुटुले रंगभेदी आन्दोलनमा नेल्सन मण्डेलासँग मिलेर काम गरेका थिए । 

टुटुको शनिबार ९० वर्षको उमेरमा निधन भएको हो । दक्षिण अफ्रिकामा उनको सम्मानमा एक हप्तासम्म श्रद्धाञ्जलिका विभिन्न कार्यक्रम हुनेछन् । उनको केप टाउनमा आगामी जनवरी १ मा अन्त्येष्टि गरिने उनको फाउण्डेसनले सोमबार जनाएको छ ।

पोप फ्रान्सिस, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती महारानी एलिजाबेथ द्वितीय, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामामासहितले टुटुको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले वक्तव्य जारी गरेर टुटुले दक्षिण अफ्रिकालाई स्वतन्त्र बनाउन ठुलो योगदान गरेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ