arrow

नोबेलमा बीएस्सी नर्सिङका विद्यार्थीले गरे पौष्टिक आहार र खेलौनाको प्रदर्शनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
nobel-hospital

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले गर्भवती महिलाले खानुपर्ने पौष्टिक आहार र बच्चाले उमेर अनुसार प्रयोग गर्न उपयुक्त हुने खेलौनाको प्रदर्शनी गरेका छन् । नोबेलको बिएसी नर्सिङ तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले कलेज परिसरमा पौष्टिक आहार र खेलौनाको प्रदर्शनी गरेका हुन् ।

बीएस्सी नर्सिङ तेस्रो वर्षको पाठ्यक्रम अनुसार विद्यार्थीहरुले प्रदर्शनी गरेको नोबेलकी नर्सिङ्ग डाइरेक्टर निलम झाले जानकारी दिइन् । प्रदर्शनीमा २८ जना विद्यार्थी सहभागी थिए । उनीहरुले गर्भवती हुनुअघि महिलाहरुले अपनाउनु पर्ने सावधानी र गर्भवती भएपछि खानुपर्ने उपयुक्त पौष्टिक आहारको प्रदर्शनी गरेका छन् । त्यस्तै बच्चा जन्मिएदेखि १९ वर्षको उमेरसम्ममा बच्चाले उमेर अनुसार प्रयोग गर्न उपयुक्त हुने खेलौनाको पनि कलात्मक प्रदर्शनी गरिएको थियो ।

बच्चाको उपयुक्त शारीरिक र मानसिक वृद्धि विकासका लागि बेलैदेखि सावधानी अपनाउनुपर्ने भएकाले अस्पतालमा आएका बिरामी तथा कुरुवाहरुलाई सोही अनुसारको प्रदर्शनी गरेर देखाइएको बीएस्सी नर्सिङ तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी गरिमा खनालले बताइन् । बीएस्सी नर्सिङ तेस्रो वर्षका विद्यार्थीहरुले हरेक वर्ष यसरी नै प्रदर्शनी गर्दै आएका छन् ।

नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ