arrow

कांग्रेस १४औं महाधिवेशन

प्रदेश २ सहित १६ जिल्लाको अधिवेशन २७ पुसमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
congress-14th-general-convention1117.jpg

काठमाडौं। नेपाली कांग्रेसले प्रदेश २ का आठ जिल्ला सहित १६ जिल्लामा २७ पुसमा अधिवेशन गर्ने भएको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी १६ जिल्लामा २७ पुसमा अधिवेशन गर्ने गरी सोमबार तालिका ल्याएको हो।

ती जिल्ला मध्ये केहीमा प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्न ढिला भएपछि यसअघि जिल्ला अधिवेशन महाधिवेशन पछि गर्ने गरि सारिएको थियो।

केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्लाको अधिवेशन २७ पुसमा हुनेछ।

अन्य जिल्लामा भने जिल्ला नेतृत्व चयन भइसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ