arrow

उइगर समुदायद्वारा अस्ट्रेलियालाई बेइजिङ ओलम्पिक बहिष्कार गर्न आग्रह

logo
एजेन्सी,
प्रकाशित २०७८ पुष १२ सोमबार
beijing-olympics-sign-se-247p.jpg
फाइल तस्बिर

अस्ट्रेलिया। अस्ट्रेलियाका मानवअधिकार पक्षधरहरूले मोरिसन सरकारलाई संयुक्त राज्य अमेरिकाको नेतृत्व पछ्याउन र सन् २०२२ मा बेइजिङमा हुने विन्टर ओलम्पिक बहिष्कार गर्न आह्वान गरेका छन्। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले सिजियाङमा अल्पसङ्ख्यक उइगर मुस्लिम विरोधी सरकारद्वारा नरसंहार र अन्य मानवअधिकार उल्लङ्घनलाई उद्धृत गर्दै बेइजिङ शीतकालीन ओलम्पिकमा कुनै पनि कूटनीतिज्ञ वा अधिकारीलाई नपठाउने घोषणा गरेका छन्। 

अस्ट्रेलियाका उइगर समुदायहरूले पनि अस्ट्रेलिया सरकारलाई उक्त ओलम्पिक बहिष्कार गर्न आग्रह गरेका हुन्। अमेरिका, क्यानडा, बेलायतलगायतका मुलुकले चिनियाँ ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने घोषणा गरिसकेका छन्। पश्चिमा शक्ति राष्ट्रहरूको यस्तो कदमले चीन नैतिक दबाबमा परेको छ। 

दबाबमा आएको चीनका विदेश मन्त्रालयका प्रवक्ता झा लिजियानले अमेरिकालगायत पश्चिमा मुलुकहरूले ओलम्पिक बहिष्कार गर्ने कुराको निन्दा गरेका छन्। चीनले सिन्जियाङमा रहेको उइगरहरूलाई यातना दिने, नरसंहार गर्ने, हङकङ तथा तिब्बतका नागरिकहरूलाई पीडा दिनेलगायतका मानवअधिकार विरोधी गतिविधिमा संलग्न भएको भन्दै पश्चिमा मुलुकहरूले चीनको विरोध गर्नुका साथै ओलम्पिक बहिष्कार गरेका हुन्। 

पछिल्लो समय टेनिस खेलाडी पेङ शुआईमाथि चिनियाँ नेताले बलात्कार गरेको र आफूलाई बलात्कार भएको भन्दै न्याय माग गर्ने शुआईलाई नै चिनियाँ सरकारले बेपत्ता पारेको छ। यस्ता गतिविधिले चीनमा खेलाडीहरू सुरक्षित नभएको स्पष्ट सन्देश दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ