arrow

कांग्रेस नेता सुरजजंग राणालाई मातृशोक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
Yogmaya rana.jpg

पोखरा । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं तरुण दलका नेता सुरजजंग राणालाई मातृशोक परेको छ । उनकी ममतामयी माता कांग्रेसकी क्रियाशील सदस्य एवं अगुवा समाजसेवी योगमाया राणाको ७२ वर्षको उमेरमा सोमबार साँझ पोखरा-२७ तालचोकस्थित आफ्नै निवासमा निधन भएको हो ।

योगमाया लामो समयदेखि प्रेसर, सुगरको समस्याबाट पीडित थिइन् । योगमायाका एकमात्र सुपुत्र हुनु सुरजजंग । उनकी तीनवटी छोरी पुनम, किरन र मिलन छन् । उनका श्रीमान पनि छन् ।

निडर स्वभावकी योगमायाले कांग्रेसको विभिन्न आन्दोलनमा अग्रमोर्चामा रहने गर्दथिन् । योगमायाको मंगलबार दाहसंस्कार गरिने कास्की कांग्रेसका सचिव भानु ढकालले जानकारी दिए । 

यसैबीच योगमाया राणाको निधनप्रति कास्की कांग्रेसले दुःख व्यक्त गरेको छ । पार्टी सभापति किशोरदत्त बराल र सचिव भानुभक्त ढकालले योगमायाको निधनप्रति दुःख प्रकट गरेका हुन् ।

योगमायाको निधनले नेपाली कांग्रेस र कांग्रेसको आन्दोलनलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनीहरुले नेता सुरजजंग र उनका परिवारजनलाई धैर्य रहन आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ