arrow

मकवानपुरको दामन र सिमभञ्याङमा हिमपात, सडक अवरुद्ध, हेटौंडामा विद्यालय बन्द

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ पुष १४ बुधबार
daman-hiu.jpg

मकवानपुर । मकवानपुरको दामन र सिमभञ्याङ क्षेत्रमा हिमपात भएको छ । गएरातीदेखि वर्षा भएपछि थाहा नगरपालिका स्थित दामन र सिमभञ्याङमा बाक्लो हिउँ परेको हो । 

निरन्तर हिमपात भएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको खबर प्राप्त भएको छ । हिउँका कारण हेटौँडा-काठमाण्डौ चल्ने सवारी सिमभञ्याङमा रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लगातार वर्षा भइरहेको र बाक्लो हिमपात भइरहेकोले तत्काल अवरुद्ध सडक खुल्न सक्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ । 

गएरातीदेखि वर्षा भइरहेकाले मकवानपुरमा ह्वात्तै चिसो बढेको छ । चिसो बढेर तापक्रम निकै घटेकाले हेटौँडा उपमहानगरपालिमा आज एक दिन विद्यालयको पठनपाठन बन्द हुने भएको छ ।

विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै आज नगर भित्रको विद्यालयको पठनपाठन बन्द गर्न भनिएको नगरका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिए । चिसो बढे सँगै विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै उपमहानगरपालिकाका मेयर हरिबोल महतको आदेश अनुसार एक दिन विद्यालयको पठनपाठन बन्द गर्न अनुरोध गरिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ