arrow

चर्च जान्छु भनेर घरबाट हिँडेकी नीरमाया पाँच दिनदेखि बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
bepatta.jpg

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ४ बडहरेकी ४० वर्षीया नीरमाया नेपाली पाँच दिनदेखि सम्पर्कविहीन छन् । यही पुस १० गतेदेखि घर छाडेर हिँडेकी नेपाली नभेटिएको उनको परिवारले जनाएको छ ।

चर्च जान्छु भनेर घरबाट हिँडेकी नेपाली नभेटिएपछि उनको परिवार चिन्तामा छन् । उनका श्रीमान् लक्ष्मणले श्रीमतीको केही पत्तो नलागेको जानकारी दिए । नीरमायाको मोबाइलसमेत अफ रहेको उनले बताए ।

सम्पर्कविहीन भएपछि उनको खोजबिनका लागि प्रहरी चौकीमा जानकारी गराइएको छ । थर्पु प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले सम्पर्कविहीन नेपालीको खोजी भइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ