arrow

आईएमई जीवन बिमाले दियो सम्पत्ति शुद्धीकरण र आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणबारे तालिम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
imf-life-training-aml-cft.jpg

सुर्खेत। आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा तालिम गरेको छ । सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी सम्बन्धी तालिम दिइएको हो। लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीको लागि उक्त तालिम दिइएको हो।

उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानुनी संरचना, सम्पत्ति शुद्धीकरण निवारण किन गर्ने, सम्पत्ति शुद्धीकरणका लक्ष्यहरू, आतङ्ककारी कार्यबाट सङ्कलित कालो धनलाई बिमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने वित्तीय जोखिमङ्ककको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजाय लगायतका विषयमा अन्डरराइटिङ्ग प्रमुख सुदिप राणाले विस्तृत जानकारी दिएका हुन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल, हेड एजेन्सी बिजनेस कर्मराज पौडेल, लुम्बिनी र कर्णाली  प्रदेशका प्रमुख प्रेम तिमल्सिना, प्रमुख वित्त अधिकृत जगत बोहरा, प्रशासन र मानव संशाधन विभाग प्रमुख मनोज चौधरी समेतको उक्त तालिममा सहभागिता थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ