arrow

साउदी पुगेका तनहुँका अधिकारीको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
Santosh Adhikari.jpg

पोखरा । वैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका तनहुँका सन्तोष अधिकारीको साउदीमै निधन भएको छ । 

तनहुँ  भानु नगरपालिका वडा नं. १३ का ३३ बर्षीय सन्तोषको आइतबार दिउसो २ बजे सुतेकै अवस्थामा निधन भएको बताइएको छ ।

सन्तोष साउदीको प्रतिष्ठित कम्पनी अल्मराईको दम्माम वायर हाउसमा कार्यरत थिए । 

रातको ड्यूटी सकेर खाना खाई सुतेका उनी एक्कासी खोकेको जस्तो आवाज गरेपछि रुम पाटनरले अन्य साथी तथा कम्पनीलाई खबर गरेका थिए । 

कम्पनीले स्थानीय प्रहरी र एम्बुलेन्समार्फत अस्पताल पुर्याएको थियो । अस्पतालले मृत्यु भएको घोषणा गरेको बताइन्छ ।

उनी आगामी फ्रेब्रुअरीमा नेपाल फर्कने तयारीमा थिए । अधिकारीका आमा, श्रीमती एक छोरा र एक छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ