arrow

२२० संक्रमित थपिए, दुईको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
corona-covid-dalta-plus.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले सात हजार ६०८ जनामा कोरोना परीक्षण गर्दा २२० जनामा नयाँ संक्रमण पुष्टि भएको जानकारी दिइन् । 

योसँगै सक्रिय संक्रमित सङ्ख्या नेपालमा चार हजार ८६४ पुगेको छ । संक्रमण दर ३.२ प्रतिशत रहेको उनले जानकारी दिइन् । पछिल्लो समय थप २५३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ११ हजार ५१८ पुगेको छ । 

काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा १३ जना, ललितपुरमा १८ र काठमाडौँमा ९२ जना संक्रमित भएका छन् । उनका अनुसार होम आइसोलेशनमा चार हजार ६०८, संस्थागत आइसोलेशनमा २५६, आइसियुमा ८७ र भेन्टिलेटरमा २१ जनाको उपचार हुँदैछ । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९० पुगेको छ । त्यसैगरी पछिल्लो समय दुई लाख दुई हजार ६८७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 



नयाँ