arrow

गोठाला जाँदा बेपत्ता भएका बालक मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
Death-photo.jpg

पर्वत । पर्वतमा गोठाला जाँदा बेपत्ता भएका बालक १७ दिनपछि मृत फेला परेका छन् । गत मंसिर २४ गतेदेखि हराइरहेका मोदी गाउँपालिका वडा नं. ६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मंगलबार साँझ मृत भेटिएका हुन् ।

रात्माटा र दराकको बिचमा पर्ने खोपी भन्ने स्थानमा मृत भेटिएका हुन् । उनी घरबाट गोरु चराउन घरबाट निस्किएका थिए । पर्वत प्रहरीले दिएको जानकारी अनुसार गोरु चराउन गएका उनी घर नफर्किएपछि गाउँलेहरुले खोजी गरिरहेका थिए । 

मंसिर २४ गते दिउँसो गोरु फुकाएर चराउन निस्किएकामा सोही दिन बेलुका गोरु फर्किएको र उनी नफर्किएपछि गाउँलेहरुले खोजी सुरु गरेका थिए ।

तर, फेला नपरेपछि डिमुवा प्रहरी कार्यालयमा मंसिर २७ मा खबर गरेका थिए ।

नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार सुस्त मनस्थिति र बोलीमा समस्या भएका कारण उनको उद्धार समयमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ