arrow

कोरोनाका दुई सय ४१ संक्रमित थपिए, उपत्यकाका मात्रै एक सय ४५ जना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
corona-variant.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी अझै घटेको छैन । पछिल्लो २४ घण्टामा थप दुई सय ४१ जनामा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ। थपिएकामध्ये एक सय ४५ जनामात्र काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका एक सय नौ, ललितपुरका २५ तथा भक्तपुरका ११ जना हुन् । 

यसै समयावधिमा २ सय २८ जना कोरोना भाइरसको संक्रमणबाटमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार लामो समयावधि पछि पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या शून्य रहेको छ ।

हालसम्म नेपालमा ८ लाख २८ हजार २ सय ७ जनामा पीसीआर र ९६ हजार १ सय ९१ जनामा एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ लाख ११ हजार ७ सय ४६ जना निको भइसकेका छन् । ११ हजार ५ सय ९० जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ९७ जनाको नमूना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको सङ्ख्या ४ हजार ८ सय ७१ रहेको छ । जसमा काठमाडौंका ७७६, ललितपुरका ६०५ र भक्तपुरका ५१० जना हुन् । 

नेपालमा १ करोड ३ लाख १० हजार ६ सय ९२ जनाले पूर्ण खोप लगाइसकेका छन् । हालसम्म नेपालमा कोभिड १९ विरुद्धको ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिएको छ । यसमध्ये २ करोड ४२ लाख ८२ हजार ३ सय ६० डोज खोप लगाइसकिएको छ । 



नयाँ