arrow

शेखरले नपाए पनि उनी निकट अमरले भरतलाई दिए दोस्रो वरीयता

कांग्रेस लुम्बिनी प्रदेशको बैठकले गर्‍यो उदाहरणीय निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
amar-singh-pun-congress-lumbini-province.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको परिणामपछि वरीयता सम्बन्धी विवाद सतहमा आएको छ । सभापति शेरबहादुर देउवाले आफ्ना निकटतम प्रतिस्पर्धी लाई दोस्रो वरीयता दिनुपर्नेमा बीसौं वरीयतामा धकेलेपछि यो विषय अहिले चर्चामा छ । 

कांग्रेस केन्द्रीय कार्यालयले निर्वाचित एक सय ३४ सहित सभापतिमा पराजित डा. शेखर कोइरालासमेत गरी एक सय ३५ जनाको वरीयता सार्वजनिक गरेको छ । जसमा डा. शेखरको वरीयता बीसौं स्थानमा छ । जबकि यसअघिका महाधिवेशनमा सभापतिका निकटतम प्रतिस्पर्धीलाई दोस्रो वरीयता दिँदै आइएको थियो । 

केन्द्रमा डा. शेखरले दोस्रो वरीयता नपाए पनि प्रदेशमा भने उनी निकटका सभापतिले निकटतम प्रतिस्पर्धीलाई दोस्रो वरीयता नै दिएका छन् । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले निकटत प्रतिस्पर्धी भरतकुमार शाहलाई दोस्रो वरीयता नै दिएका हुन् । 

लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको प्रमाणपत्र ग्रहण कार्यक्रममा नवनिर्वाचित सभापति पुनले शाहलाई दोस्रो वरीयतामा राखेको मात्र नभई निकटतम प्रतिस्पर्धीलाई साथै राखेर काम संचालन गर्नेसमेत निर्णय गरेका छन् । 

यसले आन्तरिक चुनावका बेलामा रस्साकस्सी भए पनि त्यसपछि भने समग्र कांग्रेस नेता कार्यकर्ताहरु एकढिक्का भएर अगाडि बढ्न उदाहरणसमेत प्रस्तुत गरेको विश्लेषण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ