arrow

ओमिक्रोन भेरियन्ट दिल्लीको समुदायस्तरमा फैलिएको पुष्टि

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष १६ शुक्रबार
omicron-corona-virus.jpg

नयाँ दिल्ली । दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताए ।

अनुसन्धानबाट ओमिक्रोनको संक्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना संक्रमणका ४० प्रतिशतभन्दा बढी संक्रमितहरु त ओमिक्रोनकै भएको बताए ।

उनले भने– अनुसन्धानबाट यो देखिएको छ कि यहाँका संक्रमितहरुमा ओमिक्रोनको संक्रमण बढी देखिएको छ । त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको छ । त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ ।

कतै पनि नगएका नागरिकमा यस्तो संक्रमण पाइएको छ, अनि यस्तो अवस्थामा हामीले निकालेको निष्कर्ष यो हो कि यहाँका समुदायस्तरकै नागरिकसम्म नै यसको संक्रमण पुगेको छ । भारतमा ओमिक्रोनको संक्रमण भित्रिएको धेरै भएको छैन, तर यहाँका नागरिकमा निकै नी तिब्र गतिमा यो फैलिएको छ उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ