arrow

आईएमई पेबाट चन्द्रागिरी टिकट बुकिङ्गमा ३० प्रतिशत छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १६ शुक्रबार
Chandragiri_1.png

काठमाडौं । आईएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आईएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । यो अफर चन्द्रागिरी टिकटहरूमा मात्र मान्य हुने आईइएमई ग्रुपले जनाएको छ । 

क्यासब्याकको अवधि नयाँ वर्षको पहिलो दिन शनिबारसम्म मात्र रहेको छ । र सोही अफर आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुने पनि जनाइएको छ ।

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आईएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आईएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ