arrow

बढ्यो कोरोना महामारी : एकै दिन ४ जनाको मृत्यु, उपत्यकामै थपिए ६५ प्रतिशत संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १६ शुक्रबार
corona-omicron-nepal.jpg

काठमाडौं । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । बढी संक्रामक देखिएको ओमिक्रोन भेरियन्ट संक्रमण समेत बढ्न थालेसँगै महामारीको अर्काे लहर आउने चिन्ता बढेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ । हिजो शुन्य देखिएको मृतक संख्या आज ४ मा पुगेको हो । देशभर २३५ नयाँ संक्रमित थपिने मध्ये ६५.५३ प्रतिशत काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौंमा ११४, भक्तपुरमा ८ र ललितपुरमा ३२ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा २ सय १२ जना कोरोना भाइरसको संक्रमणबाटमुक्त भएका छन् ।

हालसम्म नेपालमा ८ लाख २८ हजार ४ सय ३१ जनामा पीसीआर र ९६ हजार २ सय २ जनामा एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ लाख ११ हजार ९ सय ५८ जना निको भइसकेका छन् । ११ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा ९ हजार ८४ जनाको नमूना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको सङ्ख्या ४ हजार ८ सय ७९ रहेको छ । जसमा काठमाडौंका ७०५, ललितपुरका ६१८ र भक्तपुरका ५११ जना हुन् ।



नयाँ