arrow

कोलोराडोमा भयानक डढेलो : सयौं घर जले, दशौं हजार मानिस विस्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १६ शुक्रबार
colorado-wildfire.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको राजधानी डेनभर नजिकैका दुई सहरमा पसेकाे डढेलोले सयौं घर ध्वस्त पारेकाे छ भने, दशौं हजार मानिस त्यहाँबाट सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् । दुई वटा जङ्गलमा बिहीबार लागेको आगो तीव्र हावाको वेगले सहर पसेपछि सयौँ घर जलेका हुन् ।

अहिलेसम्म ६ जना घाइते भएको बताइएको छ भने, थप हताहत हुन सक्ने बताइएको छ । डेनभरदेखि ३२ किलोमिटर उत्तर पश्चिममा रहेका यी सहरमा ७ लाख १५ हजार मानिस छन् ।

लुइसभिल, सुपीरियर सहर र बोल्डरको उपनगरका मानिसहरूलाई सुरक्षित स्थान तर्फ सार्न भनिएको छ । डेनभरबाटै जङ्गल डढेलोको धुवाँको मुस्लो देखिएको छ भने, सुपीरियर सहरका जलिरहेका भवनसमेत देखिएको बताइएको छ ।

स्थानीयहरू शान्ति र व्यवस्थित तरिकाले सुरक्षित स्थानतर्फ जान खोजे पनि डढेलोले सडक नै अवरुद्ध गरेको छ । डढेलोका कारण झन्डै ८५० घर, होटेल र सपिङ सेन्टर जलेर ध्वस्त भइसकेको बताइएको छ ।

घरहरू जलेको आधारमा यो कोलोराडोका लागि इतिहासकै ठूलो घटनाका रूपमा देखिएको छ । कोलोराडोका गभर्नर जारेड पोलिसले राज्य सङ्कटकालको घोषणा गरेका छन् । अहिले कोलोराडो नेश्नल गार्ड र अन्य राज्य स्रोतहरूको परिचालन एवं विपद् कोषको प्रयोगसहित नियन्त्रणको कार्य जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ