- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । चर्चित र्यापर लाउरे अर्थात् आशिष राना मगर पक्राउ परेपछि तरंग पैदा भएको छ । पक्राउ परेसंगै उनको चर्चा परिचर्चा तीव्र भएको छ ।
प्रहरीले उनलाई लागुऔषध ब्राउन सुगर कारोबार गर्दै गरेको अवस्थामा पक्राउ गरिएको भन्दै मुद्धा प्रक्रिया अघि बढाएको छ । प्रहरीले उनलाई जिल्ला अदालतबाट सात दिनको म्याद लिएर मुद्धा अघि बढाएको छ ।
कस्तो अवस्थामा छन् लाउरे ?
लागु औषध कारोबार गरेको आरोपमा पक्राउ परेका लाउरे जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । श्रोतका अनुसार उनी प्रहरीको अतिविशिष्ठ (भिआइपी) कक्षमा छन् । उनलाई प्रहरीमा भिआइपीकै सुविधा प्रदान गरिएको छ ।
यसरी पक्राउ परे लाउरे
उनी पोखरा न्यूरोडस्थित पोखरा महानगरपालिकाको कार्यालय पछाडिबाट पक्राउ परेका हुन् । श्रोतका अनुसार बुधबार मध्यरातकोे २ बजे झमझम पानी परिरहेको बेला ०.५१ ग्राम लागुऔषध ब्राउनसुगरसहित रंगेहात पक्राउ परेका हुन् ।
श्रोतका अनुसार लाउरे आफ्नै गाडीमा थिए । उनले आफ्ना सहयोगी पोखरा छोरेपाटनका ३९ वर्षका ध्रुवबहादुर थापालाई १२ हजार रुपैयाँ दिएर ब्राउन सुगर लिन पठाएका थिए ।
लाउरेका सहयोगी थापा ब्राउन सुगरको डिलर मानिने विक्की अर्थात कास्की रुपा ७ घर भइ हाल पोखरा १ बगर बस्दै आएका नवीन गुरुङबाट ब्राउन सुगर लिनेक्रममा सबै पक्राउ परेका हुन् ।
सोक्रममा लाउरेको समूह र प्रहरीबीच तनाव उत्पन्न भएको थियो । लाउरे समूहले झगडा अर्थात प्रहरीमाथि हातपात गर्ने र भाग्ने प्रयत्न गरेको थियो ।
श्रोतका अनुसार शुरुमा प्रहरीले त्यहाँ लाउरे छ भन्ने पत्तै पाएन । पक्राउ गरेर प्रहरी कार्यालयमा लगिसकेपछि मात्रै प्रहरीले चर्चित सेलिब्रेटी लाउरे हो भन्ने चाल पायो ।
पक्राउ परेर प्रहरी भ्यानमा बसिसकेपछि लाउरेले कुनै प्रतिक्रिया जनाएनन् । उनी गीत सुन्नमै मस्त थिए ।
लाउरेसंगै युवतीसहित अन्य तीन जना पक्राउ
लाउरेसंग उनकै समूहमा रहेका र नरहेका गरी अन्य तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ब्राउन सुगरको डिलर मानिने कास्की रुपाका विक्की भनिने नवीन गुरुङ पनि पक्राउ परेका छन् ।
उनी लामो समयदेखि प्रहरीको सूचीमा थिए । प्रहरीले उनलाई पक्राउ गरेर ब्राउन सुगर कारोबारको जालो समात्ने धेरै प्रयत्न गरेको थियो, तर सफल हुन सकेको थिएन । अन्ततः उनी बुधबार मध्यातमा पक्राउ परे । प्रहरीले यसलाई ठूलो सफलता ठानेको छ ।
यसैगरी लाउरेका सहयोगी पोखरा छोरेपाटनका ३९ वर्षका ध्रुवबहादुर थापा पक्राउ परेका छन् । उनी लामो समयलेखि लाउरेको संगतमा थिए । यस्तै, उनीहरुसंगै रहेकी एक युवती पनि पक्राउ परेकी छन् । पक्राउ पर्ने युवतीमा स्याङ्जाकी २२ वर्षकी सुस्मिता गुरुङ रहेको बताइएको छ । उनी पोखराको सभागृहचोक बस्दै आएकी थिइन् ।
उनीहरुको साथबाट स्कूटर, ३८ हजार रुपैयाँ नगद र पाँच थान मोवाइल, एकथान डिजिटल तराजु बरामद भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
प्रहरीले ति युवतीकै कोठाबाट १२.५० ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।
प्रहरीद्धारा प्रेषित प्रेस विज्ञप्ति
लागू औषध ब्राउनसुगर सहित ४ जना मानिस पक्राउ
मिति २०७८।०९।१४ गते बेलुकी १९:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोड स्थित महानगरपालिकाको पछाडी पट्टी अवैध लागू औषध ब्राउनसुगरको खरिद बिक्री, कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मानिसहरूलाई नियन्त्रणमा लिई शरीर तलासी लिँदा बिक्की भन्ने नबिन कुमार गुरुङको साथबाट लागूऔषध ब्राउनसुगर ०.५१ ग्राम फेला परेकोले सो बरामद गरी निजहरूबाट सोधपुछ एवं अनुसन्धान पश्चात् ऐ. वडा नं.८ सभागृह स्थितमा रहेको सुस्मिता गुरुङको कोठा भित्र लुकाई छिपाइ सञ्चय गरी राखेको अवस्थामा लागू औषध ब्राउनसुगर १२.५० ग्राम फेला पारेको हुँदा सो समेत गरी जम्मा १३.०१ ग्राम ब्राउनसुगर, डिजटल तराजु १ थान, नगद रु.३८,३५०।– रुपैयाँ, मोवाईल सेट ५ थान, र ग २१ प ३३२३ नम्बरको स्कुटर १ थान समेत बरामद गरी लागू औषध सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट दिन आठ (८) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।
निम्न :-