arrow

राजमार्ग अवरुद्ध गर्ने सीके राउतका नौ कार्यकर्ता पक्राउ, सप्तरीमा ट्रकमा आगजनी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १६ शुक्रबार
270004169_1077726552770582_8806964034501779390_n.jpg.jpg

जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्षसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटका चपुरमा प्रहरीले जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहासहित नौ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको हो । 

जनमत पार्टीले पूर्व घोषित कार्यक्रम अनुसार शुक्रबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम राखेको थियो । सिराहाको औरही गाउँपालिकामा किसानको लागि आएको गहुँको बिउ वितरणमा ढिलाइ भएपछि केही स्थानीय किसानले उक्त गहुँ आफ्नो लिएर गएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

उक्त घटनालाई लिएर जनमत पार्टी विभिन्न ७ बुँदे माग गर्दै आन्दोलनमा उत्रेका छन् । प्रहरीले उक्त घटनामा पक्राउ गरेका किसानलाई छोडे पनि जनमत पार्टीले अन्य माग पनि पुरा हुनुपर्ने भन्दै पुस १५ गतेदेखि अनिश्चतकालको लागि राजमार्ग नै अवरुद्ध गर्ने कार्यक्रम घोषणा गरेको छ ।

यता, जनमत पार्टीका कार्यकर्ताले सप्तरीको महुली खोला नजिक ट्रकमा आगजनी गरेको छ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले ७ बूँदे माग राखी पूर्वपश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरे पनि बन्दको उलंघन गरेको भन्दै आक्रोशित जनमतका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत महुली  बजारमा गिट्टी बोकेको ना६ख ७६२९ ट्रकमा आगजनी गरेका हुन् ।

शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलनकर्मीले जनाएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ