arrow

पोखरामा सवारी दुर्घटना, सुनिल गुरुङको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
accident-final_1618120153.jpg

पोखरा । पोखरामा गएराति सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका घर भइ हाल पोखरा बस्दै आएका ४० वर्षका सुनिल गुरुङ रहेका छन् । 

पोखरा महानगरपालिका वडा नं. ६ को वडा कार्यालय र शान्तिमार्गको बीचमा सवारी दुर्घटना भएको हो । ग२च १११८ नम्बरको हाइलक्स गाडीले राति १ बजे दुई जनालाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा आधा दर्जन अन्य सवारीमा क्षति पुगेको छ । सो गाडीका चालक २९ वर्षका सुवास विकले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीका अनुसार एक जना पैदलयात्रु र एक जना सवारी चालक घाइते भएकोमा पैदलयात्रुको उपचारकै क्रममा मृत्यु भएको छ ।

काँहुखोलाकी सरिना बराल घाइते छिन् । प्रहरीले चालक विक र गाडीलाई नियन्त्रणमा लिई कार्बाही प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ