arrow

भारतमा एकै दिन साढे २७ हजार बढी कोरोना संक्रमित थपिए, मास्क नलगाउनेलाई जरिवाना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
corona-india_1618189281.jpg
तस्बिर– फाइल

काठमाडौं । भारतमा फेरि कोरोना भाइरसको महामारी बढेको छ । शनिबार एकै दिन २७ हजार ५५३ जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ । १८ हजार १९८ जनालाई मात्र निको भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा संक्रमितको संख्या दिनहुँ बढेको हो ।

भारतमा अझै पनि एक लाख २२ हजार ८०१ जना सक्रिय संक्रमित रहेका छन् ।  

भारतका प्रमुख शहरमा संक्रमित बढेसँगै नियम कडा बनाउन थालिएको छ । सबैभन्दा प्रभावित राजधानी नयाँदिल्ली हुन थालेको छ । शनिबार थपिएकामध्ये दिल्लीका दुई हजार ७१६ जना हुन् । यो पछिल्लो सात महिनापछि अहिलेसम्मकै ठूलो संख्या हो ।

त्यस्तै, मुम्बईमा ६ हजार १८० जना नयाँ संक्रमित भेटिएका छन् भने कर्नाटकमा एक हजार ३३ जनामा संक्रमण देखिएको छ । 

भारतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार ५२५ पुगेको छ । ओमिक्रोनबाट सबैभन्दा बढी महाराष्ट्र र दिल्ली प्रभावित भएका छन् । 

यसैबीच, कोभिड बढेपछि तेलंगनामा नयाँ प्रतिबन्ध लागु गरिएको छ । तेलंगनामा मास्क नलगाउनेलाई एक हजार भारु जरिवाना तोकिएको छ । 



नयाँ