arrow

बगर भाइखलकले महेश गुरुङलाई सम्मान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
Mahesh Gurung.jpg

पोखरा । पोखराको प्रतिष्ठित संस्था बगर भाइखलकले पूर्व राष्ट्रिय खेलाडी तथा शिक्षाविद् महेश गुरुङलाई सम्मान गर्ने भएको छ । अग्रज खेलाडीहरु समेटेर भेट्रान्स फुटवल प्रतियोगितामा आयोजना गर्ने संस्थाले यस वर्ष पोखराका अग्रज फुटबल खेलाडी एवं शिक्षाविद् गुरुङलाई ताम्रपत्र एवं दोसल्लासहित सम्मान गरिने संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । 

तत्कालिन गण्डकी अञ्चलबाट फुटबल खेलेका गुरुङ गण्डकी अञ्चलको खेलकुद संयोजकको रुपमासमेत कार्यभार सम्हालेका थिए । 

लामो समय अञ्चल सदस्य सचिवरुपमा गण्डकीको खेलकुद विकासमा अहम भूमिका निर्वाह गरेका उनी २०४० सालमा पोखरामा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुदमा समारोह समितिको उपाध्यक्ष र संगसंगै एथ्लेटिक्स, बक्सिङ र स्विमिङ खेलको संयोजकसमेत रहेका थिए । 

यस संगै उनी २०५२ देखि २०५८ सम्म कास्की जिल्ला फुटबल संघको अध्यक्षसमेत रहेका थिए ।

२०३१ सालमा कन्या स्कूलमा अध्यापन पेशा शुरु गरेका उनले २०३४ देखि २०४५ सम्म अम्मर सिंह माविमा शिक्षक, २०४५ देखि २०५६ सम्म कालिका माविमा प्रध्यापक तथा पुनः २०५६ देखि २०५८ सम्म अम्मरसिंह मावि प्रध्यापक सेवामा रहेर शिक्षाको उन्नयनका लागि महत्वपूर्ण योगदान दिएका छन् । 

पोखरा १० निवासी महेश गुरुङ नेपाल भूतपूर्व खेलाडी मञ्चको सल्लाहकार, सहारा क्लव पोखराको मानार्थ सदस्य, सहारा युकेको संस्थापक सल्लाहकार, पोखरेली मञ्च युकेको सल्लाहकार लगायत दर्जनौं संघ संस्थामा आवद्ध छन् । 

बगर भाई खलकले खेलकुद विकासमा महत्वपूर्ण योगदान दिएका ११ जनालाई यस अघिनै सम्मान गरिसकेको छ । 

जसमा अग्रज खेलकर्मीहरु शुकबहादुर गुरुङ, मोतीमान शाक्य, शिवशंकर रञ्जित, शम्भु कार्की, आनन्द रञ्जित, ईन्द्र गौचन, डम्वरसिं गुरुङ, दक्षबहादुर गुरुङ, कृष्ण थापा, खड्ग बहादुर रानाभाट, खेम गुरुङ छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ