- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन जारी रहेको छ । यसै अवसरमा सबै क्षेत्रका माओवादीका नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् । महाधिवेशनस्थलको बारमा पर्चा झुण्ड्याइएको र अन्य सजावट पनि गरिएको देखिन्छ । कोरोना भाइरसको महामारीका कारण स्वास्थ्य सतर्कता अपनाउनुका साथै प्रत्येकको हात र गलामा पास जारी गरिएको कार्ड झुण्ड्याइएको देखियो ।
पास बिना कसैलाई पनि कार्यक्रम स्थलभित्र छिर्न मनाही गरिएको देखियो । त्यहाँ सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीका अनुसार पास लिएर, बाहिर गेटमा बसेका कर्मचारीलाई पास देखाएपछि मात्र भित्र छिर्न मिल्छ ।
धेरै कम्युनिष्ट नेता तथा कार्यकर्ताको भेला भएकाले त्यही मौकामा नेपालमै बनेको, नेपालको संस्कृति झल्किने किसिमको लुगा अर्थात् कोट, इस्टकोट, टोपी लगायतका कपडाहरु बिक्रीका लागि सडक पेटीमा बिच्छ्याइएको देखियो ।
कमलादीमा भैरहेको महाधिवेशनको मौका पारेर जुम्ला र कालिकोटका ब्यापारीहरुले व्यापार गरिरहेका हुन् । कोट र टोपी नेपालमै पाइने अल्लोबाट बनेको व्यापारीले बताए। आठ दिन अघिदेखि राखेको टोपी र कोट आजसम्म कायम नै रहेको छ । जुम्लामा बनेको कोट र टोपी बाहेक पनि पाल्पाली टोपी र पछ्यौरा पनि राखिएको छ।
एक व्यापारीले भने, ‘हामी नेपालमा भन्दा पनि विदेशमा पठाउछौँ अहिले कोरोनाको कारणले विदेश पठाउन पाएका छैनौं नत्र नेपालमा भन्दा पनि विदेशमा धेरै जान्छ ।’ उनका अनुसार एउटा अल्लोको कोटको मूल्य एक हजार, टोपीको ५०० र पाल्पाली पछ्यौरीको मूल्य एक हजार पर्छ ।
सधै घर घर डुल्दै गर्ने गरे पनि नेपाली उत्पादनको प्रबर्धन पनि हुने भएकाले यहाँ सडक व्यापार गरेको उनले बताए । व्यापारीहरुका अनुसार जुम्लामा उत्पादन हुने भए पनि साइज नमिल्ने भएकाले जुम्लाबाट सामान ल्याएर पाल्पामा बनाइन्छ । (प्रशिक्षार्थी)