arrow

हेभी इक्युमेन्ट अपरेटरहरुलाई सहजरुपमा लाइसेन्स : मन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
Bindukumar Thapa.jpg

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले देश विकासमा हेभी इक्युमेन्ट अपरेटरहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

हेभी इक्युमेन्ट अपरेटर संघ पोखराको पाँचौं साधारणसभा तथा अधिवेशनमा उनले यस्तो बताएका हुन् । विकास निर्माणमा अपरेटरहरुको भूमिका उल्लेखनीय रहेको बताउँदै उनले अपरेटरहरु अब जागिरमा मात्र सीमित नरही स्वरोजगारमा समेत केन्द्रित हुनुपर्ने धारणा राखे ।
 
‘राष्ट्र निर्माणमा अपरेटरहरुको भूमिका महत्वपूर्ण छ । अपरेटरहरु विना भौतिक विकास सम्भव छैन । तपाईहरुलाई परेका समस्यालाई सम्बोधन गर्ने नीति बनाउनेछौं । अब तपाईहरु जागिरे मात्रै नभई स्वरोजगारतर्फ पनि केन्द्रीत हुनुपर्छ’, उनले भने । 

मन्त्री थापाले निर्माण व्यवसायी र अपरेटरहरु बीच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताए । निर्माण व्यवसायीहरुको लगानीलाई सुरक्षित राख्ने जिम्मेवारी अपरेटहरुको काँधमा भएकाले अपरेटहरुले पनि लगानीकर्ताको मनोभावनालाई बुझ्नुपर्ने आवश्यकता रहेको उनले स्पष्ट पारे ।

गण्डकी प्रदेश सरकारले पनि विकास निर्माणका कार्यमा तीव्रता दिँदै गएको र त्यसलाई सफल पार्ने जिम्मेवारी हेभी इक्युमेन्ट अपरेटरहरुको भएको उनले बताए । 

‘पहिलो चौमासिक पश्चात प्रदेश सरकार विकासका गतिविधिमा अगाडि बढेको छ । समयमै सम्पन्न गर्न मेसिन र अपरेटहरुको खाँचो उत्तिकै बढ्छ । देशलाई समृद्धि बनाउने जिम्मेबारीमा अपरेटहरु पनि हुनुहुन्छ । त्यसैले सबै मिलेर काम गरौं’, उनले भने । 

हेभी इक्युमेन्ट अपरेटरहरुलाई लाइसेन्स सहजै उपलब्ध गराउने प्रक्रियामा सरकार सकारात्मक रहेको उनले बताए । 

ट्रायलमा देखिएका समस्यालाई समाधान गर्दै व्यवस्थित गरिने भनाई उनको छ । हेभी इक्युमेन्ट अपरेटर मैत्री नीति निर्माणमासमेत प्रदेश सरकारले ध्यान पुर्याउने मन्त्री थापाले बताए । 

आफू पनि व्यवसायिक क्षेत्रबाट राजनीतिमा आएकाले श्रमिक र मजदूर सबैका समस्यालाई नजिकबाट बुझेको उल्लेख गर्दै उनले नीति निर्माणमा सहजता अपनाउने प्रतिवद्धता जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ