arrow

ओमिक्रोन भेरियन्टकाे जाेखिमबीच मन्त्रालयले जारी गर्‍यो नयाँ निर्देश (सूचनासहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
health_ministry_1617956882.JPG

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणकाे जाेखि बढेसँगै नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी र रोग नियन्त्रण महाशाखाले नयाँ निर्देशनहरू जारी गरेको छ ।

महाशाखाले सबै स्थानीय तह, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयहरुलाई सङ्क्रमण बढ्न नदिन विगतमा झैँ स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन अनुरोध गरेको हो ।

महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा थप सङ्क्रामक भेरियन्ट ओमिक्रोन नेपालमा समेत भेटिनुले सबै निकाय सतर्क र पूर्व तयारीका साथ रहन आवश्यक रहेको उल्लेख छ ।

कोभिड-१९को सङ्क्रमण बढ्न नदिन विगतमा झैँ, जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, समुदायमा जोखिम क्षेत्रमा एन्टीजेन किटबाट परीक्षण गर्न एवं कोभिड-१९का सङ्क्रमितहरूको उचित व्यवस्थापन गर्न महाशाखाले अनुराेध गरेकाे छ ।

यस्तै सीमा नाकामा पनि परीक्षण एवं उचित व्यवस्थापन गर्न, खोप लगाउन छुटेकालाई खोप लगाउन प्रोत्साहन गर्न र घरमै आइसोलेसनमा रहेकाहरूको उचित फलो अप एवं मापदण्ड पालनाको निगरानी गर्न समेत महाशाखाले आग्रह गरेको छ ।

यस्तो छ सूचना:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ