arrow

मनाङमा हिमपहिरोमा परी एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
Death-photo.jpg

मनाङ । मनाङमा हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनाङ नासों गाउँपालिका वडा नं. ४ ओडार बस्ने वर्ष ५५ को आजुङ लाटा गुरुङ भन्ने आच्यु गुरुङ रहेका छन् ।

पुस १४ गते साँझ ५ बजे तपकीस्थित भेडी गोठबाट घर फर्कनेक्रममा दफाडी जंगलमा हिमपहिरोमा परी उनी सम्पर्क बिहीन भएका थिए । 

उनी हराएको खबर पाएपछि प्रहरीले खोजी गर्नेक्रममा आज बिहान उनी मृत फेला परेका हुन् ।

मनाङ नासों गाँउपालिका नं. ४ फ्लेमरो जंगलस्थित रउ भीरमा हिउले पुरिएर मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले  जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ