arrow

निर्माण व्यवसायी सङ्घ गण्डकीमा टङ्कराज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
Tanka Raj Baral.jpg

पोखरा । गण्डकी प्रदेश निर्माण व्यवसायी सङ्घ गण्डकीको अध्यक्षमा कास्कीका टङ्कराज बराल निर्वाचित भएका छन् ।

सङ्घको पोखरामा सम्पन्न प्रारम्भिक साधारण सभा एवं अधिवेशनले बरालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्ष त्रय बाबुराम श्रेष्ठ (गोरखा), युवराज राजभण्डारी (बागलुङ) र रत्नकुमार श्रेष्ठ (तनहुँ) महासचिव कृष्णप्रसाद लम्साल (कास्की) सचिवद्धय दामोदर घिमिरे (कास्की) र प्रेम अर्याल (नवलपुर), कोषाध्यक्षमा दीपेन्द्र आचार्य (कास्की) र सह कोषाध्यक्षमा हलिममिया (स्याङ्जा) निर्वाचित भए । 

यसै गरी सदस्यहरूमा कविता श्रेष्ठ, विश्वराज खनाल, भीम राना, सूर्यनारायण बराल, जगतबहादुर थापा, दलबहादुर राना, ऋषि गौतम, प्रकाश बाँनिया, दीपक थापा, रोशन के.सी, सन्तबहादुर नेपाली छन् । कार्यसमितिमा प्रदेशका ११ जिल्लाका अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था छ ।

सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्नेमा जोड

निर्माण व्यवसायी सङ्घ नेपालका केन्द्रीय अध्यक्ष रवि सिंहले अधिवेशनको उद्घाटन गर्दै राज्यले तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्नु पर्ने आवश्यकता औँल्याए ।

व्यवसायी बीचको बढ्दो अस्वस्थ प्रतिस्पर्धाका कारण निर्माणको काम समयमा सम्पन्न नहुने र अलपत्र हुने गरेको बताउँदै उनले कर्तव्य पूरा गरेर अधिकार खोज्न व्यवसायीलाई सचेत हुनुपर्नेमा जोड दिए ।

सङ्घका केन्द्रीय उपाध्यक्ष एडि लामा, राजेन्द्र पहारी, महासचिव रोशन दाहाल र सङ्घका मानार्थ सदस्य शिवशंकर गौतमले हक अधिकारका लागि व्यवसायीहरू सङ्गठित भएर अघि बढ्नु पर्नेमा जोड दिँदै तोकिएको समयसँगै गुणस्तरीय निर्माणमा जोड दिनुपर्ने बताए ।

सङ्घका अध्यक्ष ओमप्रसाद गौचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिव रश्मि आचार्य, नेपाली कांग्रेसका नारायण श्रेष्ठ, गण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइराला, निर्वाचन संयोजक अधिवक्ता हरि सुवेदी, इमनाथ खनाल, नवलपुर जिल्ला अध्यक्ष गौमाया खण्डलु, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी समितिका केन्द्रीय अध्यक्ष हुमनाथ कोइराला, नेपाल निर्माण उद्योग परिषद्का अध्यक्ष खोपनिधि लोहोनी लगायतले बोलेका थिए । 

कार्यक्रममा प्रदेश अन्तर्गत ११ जिल्लाका २५३ जना निर्माण व्यवसायीहरु सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ