arrow

गण्डकी प्रदेशमा बालमैत्री कानून बन्छः उपसभामुख शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
Srijana sharma.jpg

पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गण्डकी प्रदेशले हालसम्म ५६ वटा कानून निर्माण गरेको भन्दै निकट भविष्यमा बालमैत्री कानून निर्माण गर्ने तयारीमा रहेको बताएकी छन् ।

लमजुङको वेशीसहर नगरपालिका वडा नं. ६ लाई बालमैत्री वडा घोषणा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भविष्यका कर्णाधार बालबालिकाका नैसर्गिक हक अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएकी छन् । शर्माले घर भित्र र बाहिर बाल अधिकार सुनिश्चित हुनुपर्ने आवश्यकता औंल्याइन् ।

मुलुकबाट भूर्ण हत्या गर्ने र गराउने प्रवृत्तिको सदाका लागि अन्त्य हुनुपर्नेमा जोड दिंदै उनले भनिन्, ‘त्यसका लागि तीनै तहका सरकार, अभिभावक लगायत सम्वद्ध निकायको ध्यान पुग्नु जरुरी छ ।’

संविधानसभा सदस्य टुका हमालले अभिभावक एवम् विद्यालय र सिंङ्गो समाजले गर्ने व्यवहारबाट बालबालिकाको भविष्य निर्धारण गर्ने बताउँदै बच्चा गर्भमा रहेदेखिनै सुरक्षित हुनु पर्नेमा जोड दिइन् ।

जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बालमैत्री महासन्धिका ५१ वटा बालमैत्री सूचक पुरा गरेको आधारमा बालमैत्री वडा घोषणा गरिएको जानकारी दिंदै यसको निरन्तरताका लागि सवैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गरे । 

उक्त वडासहित जिल्लाका हालसम्म कोलास्वथर गाउँपालिका वडा नं. १, वेशीसहर नगरपालिका वडा नं. १ बालमैत्री वडा घोषणा भइसकेका छन् ।

वेशीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बालबालिकाको बाच्न पाउने, संरक्षण, विकास एवम् सहभागिता सुनिश्चित गर्ने लक्ष्यका साथ नगरपालिकाले बाल अधिकार संरक्षण तथा सम्वद्र्धन कार्यविधि २०७८ स्वीकृत गरि कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

वडा कार्यालयद्धारा प्रकाशित बालबालिकाको वस्तुगत विवरण २०७८ कोे विमोचान गरिएको कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग पु¥याउने विद्यालयका छात्रछात्रा, आमा समुह सहित बिभिन्न संघसंस्थालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

वडाअध्यक्ष भोजबहादुर रिमालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका हिरा विश्वकर्मा, नेपाली कांग्रेसका नारायण बहादुर रिमाल, नगर उपप्रमुख लक्ष्मीदेवी अधिकारी वडा नं. ८ का वडाध्यक्ष पवित्रा राना, ग्रामिण सामुदायिक विकास केन्द्र (आरसीडीसी) जिल्ला अध्यक्ष पद्मा गुरुङ, गंगा मिलन माविका प्रअ टंकबहादुर अधिकारी लगायतले बालबालिकाको शारिरीक एवम् मानसिक विकासको लागि आवश्यक पोषणयुक्त आहार, खोप, बातावरणमैत्री भौतिक संरचना लगायतमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

बाल अधिकार सुनिश्चितता, गौरपूर्ण, स्वाभिमान बालमैत्री वडा कार्यान्वयन, दिर्घकालीन अभियान भन्ने मूल नारा सहित उक्त घोषणा कार्यक्रममा विद्यालयका विद्यार्थीद्धारा सन्देश मूलक नाटक एवम् नृत्य प्रस्तुत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ