arrow

कोरोनाबारे भ्रम र तथ्यः डा सरोज गौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
270180345_226284846346648_8621171351764497883_n (1).jpg

कोरोना भाइरसको महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात धेरै परिवर्तन ल्याइदिएको छ । विश्वब्यापी महामारी कोभिड–१९ को कुन चरणमा अहिले हामी छौं भन्ने अनुमान कसैले गर्न सकेको छैन । अझै पनि हामी कोरोना महामारीको त्रासमै छौं ।  

कोरोना भाइरस के हो, त्यसबाट कसरी संक्रमण हुन्छ, कसलाई संक्रमणको बढी जोखिम छ, कोभिड–१९ लागेपछि मृत्युको सम्भावना कति छ तथा उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ । कोभिड–१९ बारे नेपालमा अहिले पनि धेरै नै भ्रमहरु भेटिने गरिन्छ । जुन तथ्यहिन र प्रमाणबिहिन कुराहरु रहेका छन । जसमा अहिले कोभिड–१९ रोकथामका लागि लगाइने खोप एक भ्रमको केन्द्रविन्दु बनेको छ ।   

हाल नेपालमा ४० प्रतिशत भन्दा बढीले पूर्ण खोप लगाइसकेको छन् । खोप लगाएका धेरै मानिसहरुले भन्ने गरेका छन् कि मैले पूर्णरुपमा खोप लगाएको छु मलाई कोभिड–१९ संक्रमण हुँदैन भन्ने छ । र पछिल्लो समय धेरैले आफूलाई पहिले नै कोभिड–१९ को संक्रमण भैसकेको र दुवै मात्रा खोप लागाइसकेकोले आफूलाई कोभिडको जोखिम नहुने भन्दै भौतिक दूरी पालना नगर्ने, मास्कको प्रयोग नगर्ने, सेनिटाइजरको प्रयोग नगर्ने र भीडभाडमा जाने प्रवृत्ति छ । 

यस्तो भ्रमजन्य कुराको पछि नलागी अनिवार्य रुपमा मास्सको प्रयोग गर्ने र भौतिक दूरी कायम गर्ने गरौं । किनकि अहिले कोभिडको जोखिम पहिले संक्रमित भएका बिरामीलाई र दवै मात्रा खोप लगाउनेलाई रोगबाट हुने गाम्भीर्यता कम देखिएता पनि पुनः कोभिडको संक्रमण दोहोरिइरहेको छ । त्यसैले अहिलेको अवस्थामा बच्ने उत्तम तरीका भनेको भौतिक दूरी कायम गर्ने, मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने तथा कोभिड विरुद्धको खोप नलगाएकाले खोप लगाउने नै हो ।  
                                                                                                                                                                            
नेपाल सरकारले पनि अब ५० प्रतिशतले खोप लागाइसकेपछि बुस्टर डोज लगाउने भनेको छ । बुुस्टर डोज कोभिडविरुद्ध कत्तिको लाभदायक छ त ? किन बुस्टर खोप लगाउने त ? भन्ने कुरा पनि आउन सक्छ । यस बारेको तथ्य के हो भने जब हामीले पूर्ण २ डोज नै खोप लगाउँछौं त्यो भ्याक्सिनको प्रभाव विस्तारै घट्दै जान्छ र बुस्टरले कोभिडविरुद्ध थप प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने विश्वास राखिएको छ । 
  
केही समय अगाडि कोभिडको बिरामी दर कम हुँदै गएको थियो । अहिले पछिल्लो समय अस्पतालमा फेरि कोभिडका बिरामीहरुको चाप दिन प्रति दिन बढ्दै गएको पाइन्छ । अस्पतालमा रुघा, खोकी लागेर, ज्वरो आएर, जिउ दुखेर, झाडापखाला लागेका बिरामीहरु बढ्दो छन् । 
उनीहरु कोभिडको शंका देखिँदै गर्दा पनि कोभिडको परीक्षण गर्न लगाउँदा नमान्ने, हिचकिचाउने गर्छन् । पहिले परीक्षण गर्छु आफू पनि बच्छु अरुलाई पनि बचाउँछु भन्ने खालको अवस्था थियो । चेकजाँच गर्नका लागि आफंै गएर गर्दथे भने अहिले त्यो अवस्था छैन । अहिले अस्पतालमा आउने ९० प्रतिशत भन्दा धेरैमा लक्षणहरु देखिएर आएका बिरामीलाई कोभिड–१९ परीक्षण गर्न लगाउँदा नमान्ने गरेको पाइन्छ ।

कोभिड हुनको लागि मेरो नाकले बास्ना थाहा पाउन छाड्न पर्याे कि खानको स्वाद थाहा पाउन छाड्न पर्यो अनि मात्र मलाई कोेभिड १९ हुन्छ भन्ने अहिले धेरै मानिसमा यस्तो मानसिकता रहेको पाइन्छ । तर यति मात्रै होइन । कोभिड–१९ को नयाँ नयाँ भेरियन्ट्सका लक्षणहरु फरक फरक रहेका छन् । ज्वरो आएर, जिउ दुखेर र पखाला लागेर आएका बिरामीहरुलाई पनि कोभिड १९ को संक्रमण भएको पाइएको छ । 

कोभिड १९ को संक्रमण हुनको लागि स्वाद नै हराउन पर्छ नाकले गन्ध थाहा पाउनै छाड्न पर्छ भन्ने हुँदैन । कोभिड १९ विरुद्धको पूर्ण खोप लगाइसकेको भए तापनि उनीहरुलाई संक्रमण देखिन सक्छ । 

खोप लगाएकाहरुलाई साधारण लक्षणहरु देखिने भएकाले उनीहरुले चिकित्सकको सल्लाह बमोजिम १० दिनसम्म घरमै बसेर चिकित्सकले दिएको लक्षण अनुसारको औषधीहरु सेवन गर्ने र धेरै मात्रामा तातो झोलिलो चिजहरु खाएर घरमै आराम गर्याे भने पनि ठीक हुन्छ । 

अहिले फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा भेटिएको भ्रमजन्य टिप्पणीहरुलाई गलत प्रयोग गर्ने र आफैंले प्रेस्क्रिप्सन बनाएर २, ३ थरिका एन्टिबायोटिक, स्टोरोइडसहरुको गलत प्रयोग गरेर यति औषधी खायो भने ठीक हुन्छ भनेर लिस्ट नै तयार गरेको पनि पाइएको छ । यो एक गलत मान्यता र ठूलो भ्रम हो ।

अहिलेसम्म कोभिड–१९ विरुद्धको कुनै औषधि बनेको छैन । यो नबन्दै गर्दा कुनै पनि किसिमको भ्रममा नलागेर चिकित्सकको सल्लाहमा रहेर अन्य औषधिजन्य कुराहरु नखाने र चिकित्सकको सल्लाह सधै लिने गर्नुपर्छ ।  

त्यस्तै, हामी बर्सेनि भाइरल इन्फ्लुएन्जा भ्याक्सिन लगाउँछौँ । त्यो भ्याक्सिनले हामीलाई मौसमी रुघाखोकी ज्वरोबाट बचाउँछ । यसको फाइदा के छ भने हामीलाई थाहा भएकै कुरा हो कोभिडको शुरुआती चरण भनेकै मौसमी रुघाखोकी र ज्वरो हो । यो खोप लगाएपछि मौसमी रुघाखोकी र ज्वरो मात्र कम भयो भने कोभिडको डर र भयबाट बच्न सकिन्छ । (डा. गौडेल एभरेष्ट अस्पतालका फिजिसियन हुन्)         



नयाँ