arrow

कोरोनाकाे तेस्रो लहरलाई मध्यनजर गर्दै महाकाली अस्पतालको अक्सिजन प्लान्ट सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
sudur-mahakali-hospital.jpg

कोभिड-१९ महामारीको तेस्रो लहरलाई मध्यनजर गर्दै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ ।

अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि प्लान्ट सञ्चालनमा ल्याएको अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर)ले जानकारी दिएका छन् ।

यस्तै १४० सिलिन्डरको थप अर्को अक्सिजन प्लान्ट मेशिन पनि आइपुगेको र चाँडै जडान हुने अवस्थामा रहेको अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष जोशीले बताए ।

यस्तै मास्टर प्लानको इमर्जेन्सी वार्ड पनि चाँडै निर्माण सम्पन्न हुने अवस्थामा रहेको जोशीले बताएका छन् ।

यसका साथै अस्पतालमा छात्रावास निर्माण, थप ६ कोठाको क्याबिन र ५० शय्याको बच्चाको आइसोलेसन वार्ड पनि तयार भइसकेको छ ।

अस्पतालका सबै बेडमा अक्सिजन पाइप जडान भइसकेका कारण चाँडै आईसीयु बेड पनि थपिने भएका छन् ।

पछिल्लो समय अस्पतालमा सवारीसाधनको चापसमेत बढ्न थालेका कारण नयाँ किसिमले पार्किङको व्यवस्थापनको काम भइरहेको र अहिले अन्तिम चरणमा पुगेको उनले बताए ।

केन्द्रीय, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार एवं सहयोगी, शुभचिन्तक सबैको सहयोगबाट सम्पन्न भएको निवर्तमान अध्यक्ष जोशीको भनाइ छ ।

सुदूरपश्चिमको प्रमुख अस्पतालका रूपमा रहेको महाकाली प्रादेशिक अस्पतालमा व्यवस्थापन समितिका अध्यक्ष रहँदा जोशीको नेतृत्वमा उल्लेख्य सुधार हुनुका साथै थुप्रै किसिमका स्वास्थ्य सुविधाहरू थप भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ