arrow

कोरोना संक्रमणबाट तनहुँकी एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट तनहुँकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ७ की ७१ बर्षीय महिला रहेकी छन् । 

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ४२७ जना पुगेको छ । 

प्रदेशमा पछिल्लो चौबिस घण्टामा १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ९०५ पुगेको छ भने होम आइसोलेसनमा १२३ जना रहेका छन् । 

यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १३९ रहेको निर्देशनालयले जानकारी दिएको छ । यसैबीच गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

पछिल्लो चौबिस घण्टामा १७१ जनामा गरिएको नमूना परीक्षणमा १९ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये आठ महिला र ११ पुरुष छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

शर्माका अनुसार कास्की १६, स्याङजा १ र नवलपरासी पूर्वमा दुई जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८ हजार ४३३ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ