arrow

सुलेमानीको हत्यामा ट्रम्पलाई कारबाही नगरे बदला लिने इरानको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
ibrahim-iran.jpg

काठमाडौं । इरानले क्विड फोर्सका कमान्डर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कारबाही नगरे बदला लिने चेतावनी दिएको छ ।

कासिम सुलेमानीको हत्या भएको दोस्रो वार्षिकी सोमबार टेलिभिजनमार्फत बोल्दै इरानका राष्ट्रपति इब्राहिम रइसीले यस्तो चेतावनी दिएका हुन् ।

राष्ट्रपति रइसीले ट्रम्पविरुद्ध मुद्दा चलाएर उनीसहित पूर्व विदेश मन्त्री माइक पोम्पेओ र अन्य अमेरिकी अधिकारीहरूलाई सजाय दिन माग गरेका छन् ।

होइन भने म सबै अमेरिकी नेताहरूलाई चेतावनी दिँदै उनले बदला लिने बताएका छन् ।

इरानका शक्तिशाली व्यक्तित्व सुलेमानी सरकारी आमन्त्रणपछि इराकको बगदादमा रहेका बेला विमानस्थल नजिकै उनी चढेको कारमा अमेरिकाले ड्रोन आक्रमण गरेर हत्या गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ