arrow

जहाजको ट्वाइलेटभित्र नवजात शिशु, २० वर्षे युवती पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
air-mauritutis-new-born-baby.jpg

काठमाडौं । एयर मरिशशकाको विमानको शौचालयभित्र फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला परेको छ । उक्त शिशुलाई विमान सफा गर्ने कर्मचारीहरुले देखेपछि तत्काल अस्पताल लगिएको थियो ।

सो विमान जनवरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो । सोही विमानमा आएकी २० वर्षीया म्याडग्यास्करकी युवतीले उक्त शिशु फालेको पुष्टि भएको छ ।

ती युवतीले आफू उक्त बच्चाको आमा नभएको भने पनि चिकित्सकीय परीक्षणमा उनले भर्खरै बच्चा जन्माएको पुष्टि भएको हो । अहिले ती युवती र शिशु अस्पतालमा रहेका छन् ।  दुवैको अवस्था सामान्य रहेको बताइएको छ ।

ती यवुती २ वर्षका लागि काम गर्ने अनुमति लिएर मरिशश आएकी बताइएको छ । नवजात शिशुलाई बेवारिसे अवस्था छोड्ने ती युवतीलाई अस्पतालबाट निस्किएपछि थप सोधपुछ गरिनेछ । बीबीसी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ